#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691723956420740102222334281
नेपाल615933901738343820

सत्तारुढ दलकै सांसदले मागे संचारमन्त्रीको राजीनामा

फाइल फोटो

सत्तारुढ दल नेकपाका सांसद रामवीर मानन्धरले संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले गुठीप्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सन्चारमन्त्रीको राजीनामा मागेका हुन् ।

सांसद मानन्धरले मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको कि क्षमा माग्नुपर्ने कि राजीनामा दिनुपर्ने बताए । उनले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिरसमेत गरे ।

त्यस्तै कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै उनले प्रधानमन्त्री नै संघीयता विरोधीकारुपमा देखापरेको जिकिर गरे ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको बताए ।

सम्बन्धित समाचारहरु