नेपालमा थप १६ जनामा कोरोना संक्रमण

नेपालमा थप १६ जनामा कोरोना संक्रमण


आज नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको सङ्ख्या ११० रहेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १२८ जनाले कोरोना जितेका छन् । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत रहेको छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा ११० जना रहेका छन् ।

Logo