#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30601808954066739827522249467
नेपाल615933901738343820

न्युरोडमा आजबाट स:शुल्क स्मार्ट पार्किङ

काठमाडौं,

न्युरोड क्षेत्रमा आइतबार (आज) बाट सशुल्क स्मार्ट पार्किङ सुरु हुने भएको छ । केही दिन अघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आइतबार बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दैछन् ।

न्युरोड क्षेत्रका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुली योर्सले जनाएको छ । कम्पनीका आइटी कोअर्डिनेटर हरिश अग्रवालका अनुसार रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुनेछ ।

यी स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले बताए । कम्पनीसँग तीन महिनाअघि महानगरले सम्झौता गरेको थियो । जस अनुसार स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी यही कम्पनीले पाएको थियो ।
नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार