#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30650024955152742523922269633
नेपाल615933901738343820

बिकिनी तस्बिर पोष्ट गर्दा मोडलको डाक्टरी लाइसेन्स खारेज

एजेन्सी । बिकिनी तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दा म्यानमारमा एक मोडलको डाक्टरी लाइसेन्स खारेज भएको छ । नाङ मे सान नाम गरेकी मोडलले सामाजिक सञ्जालमा बिकिनी तस्बिर पोष्ट गरेकी थिईन् ।

डाक्टरको यो लूक आपत्तिजनक लागेपछि म्यानमार मेडिकल काउन्सिललाई लाइसेन्स नै रद्द गरेको हो । काउन्सिलको उक्त निर्णयको विरोध गर्दै उनले व्यक्तिगत स्वतन्त्रता हनन भएको आरोप लगाएकी छन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टाइल नक्कल गरेर तस्बिर सार्वजनिक गरेकी थिईन् ।

काउन्सिलले पत्र पठाउँदै यो म्यानमारको संस्कृतिविरुद्ध भएको बताएको छ । नाङले सन् २०१७ देखि मोडलिङ गर्दै आएकी छन् । मोडलिङ गर्दै आएकी उनी पाँच वर्षदेखि डाक्टर पढ्दै आएकी छन् । उनले काउन्सिलको निर्णय स्वीकार नगर्ने बताएकी छन् । काउन्सिलको उक्त निर्णयविरुद्ध मुद्दा दर्ता गरेकी छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार