#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32090142981921743417823674043
नेपाल678044361741449954

अयोग्य अस्थायी शिक्षकको विदाई प्रक्रिया सुरु, घर पठाउन ८ अर्ब लाग्ने

काठमाडौं । आन्तरिक परीक्षामा अयोग्य अस्थायी शिक्षकलाई विदाई गर्ने प्रक्रिया सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीलाई घर फर्काउने प्रक्रिया सुरु गरेको हो ।

त्यसको लागि लाग्ने खर्च मध्ये आधा रकम झण्डै चार अर्ब रुपैयाँ एक साताभित्रै विद्यालय शिक्षक किताबखानामार्फत जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाईने भएको छ ।

अयोग्य अस्थायी शिक्षकलाई विदाई गर्नको लागि ८ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ । जसमा पहिलो चरणमा चार अर्ब रुपैयाँ एकसाताभित्रै जिल्ला पठाइने किताबखानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रितीले जानकारी दिए ।

किताव खानाले शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विभिन्न जिल्लाबाट आएको शिक्षकको विवरण निक्र्योल गरी रकम निकासाका लागि पठाउने गर्छ। आन्तरिक परीक्षामा अनुत्तीर्ण शिक्षकको विवरण पठाउन जिल्लालाई ताकेता गर्दा पनि संख्या नआएकोले समस्या भएको किताबखानाको भनाइ छ ।

सरकारले शिक्षा ऐन संशोधन गरी अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएको थियो। करिब २३ हजार शिक्षक प्रतिस्पर्धामा सहभागी भएपनि १४ हजार मात्रै उत्तीर्ण भएका थिए। जसमा झण्डै ९ हजार शिक्षक असफल भएका थिए ।

सरकारले शिक्षक सेवा आयोगमार्फत अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका कुल दरबन्दीमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी गराएको थियो।

अनुत्तीर्ण शिक्षकलाई उनीहरूको सेवा अवधि गणना गरी रकम दिने (गोल्डेन ह्यान्डसेक) व्यवस्था शिक्षा ऐनमा छ। जस अनुसार पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्ष आधा महिनाको तलब बराबरको रकम दिइनेछ।

१० वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब तथा पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकम दिइने नीतिगत व्यवस्था छ। अस्थायी शिक्षकलाई दिनुपर्ने रकममध्ये पाँच अर्बको स्रोत पहिचान भए पनि तीन अर्ब अपुग देखिएको छ ।

विगतमा राजनीतिक दलको दबाबमा बिना प्रतिस्पर्धा नियुक्त भएका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिएको भन्दै सरकारको विरोध भएको थियो।

प्रतिस्पर्धाबिनै शिक्षक भएकाहरूका कारण सामुदायिक विद्यालयको स्तर खस्केको भन्दै शिक्षाविद्हरूले अस्थायी शिक्षकलाई पर्याप्त रकम दिएर घर पठाउँदा उपयुक्त हुने सरकारलाई सुझाव दिएका थिए ।

यता उक्त प्रतिस्पर्धामा असफल भएका र परीक्षा नै नदिएका अस्थायी शिक्षक अझै आन्दोलनमा छन् । उनीहरुले जुन ठाउँमा अहिले सेवा गरिरहेको छ त्यहि ठाउँमा प्रक्रिया पु¥याएर स्वतः स्थायी गराउनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु