विचार र मुद्दा मिल्नेसँग चुनावमा तालमेल गर्ने लोसपाको निर्णय

विचार र मुद्दा मिल्नेसँग चुनावमा तालमेल गर्ने लोसपाको निर्णय


आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । 

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । ुविचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छु कार्यकारिणी सदस्य केशव झाले भने । 

बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए । 

गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरु राख्दै आएको छ ।

Logo