आइएसटी कलेजको १५ औँ दीक्षान्त समारोह सम्पन्न (भिडियाे)

आइएसटी कलेजको १५ औँ दीक्षान्त समारोह सम्पन्न (भिडियाे)


राजधानीस्थित ज्ञानेश्वरमा रहेको आइएसटी कलेजको १५ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

शुक्रवार राजधानीकै एक होटलमा कार्यक्रमको आयोजना गर्दे कलेजले सन् २०१८ ब्याचका विद्यार्थीहरूलाई दीक्षित गरेको छ । 

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रो. डा. भीमप्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स अस्ट्रियाबाट प्रतिनिधिका रूपमा प्रो. जर्ज जार्को पेडराजाको समेत उपस्थिति रहेको थियो ।

कलेजले सन् २०१८ ब्याचका विद्यार्थीहरूलाई दीक्षित गर्नुको साथै उनीहरूलाई आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने विषयमा उत्प्रेरण समेत दिएको छ । 

कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन प्रो दयाराज ढकाल र लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका डिन मनिक रत्न शाक्यले समेत विद्याधिहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । 

युनिग्लोब कलेज विद्यार्थीमा उद्यमशीलताको विकास, बिजनेस फाइनान्स, स्टक मार्केट, ल्याब, रिसर्चका लागिसमेत परिचित छ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनिग्लोब कलेज स्थापनाको छोटो समयमा नै सफलताको उचाइमा छ। विभिन्न देशका कलेजसँगको सहकार्यले पनि यस कलेजलाई अन्तर्राष्ट्रियस्तरको पढाई व्यवस्थापनमा सहयोग पुर्‍याउने गरेको छ। 

आइएसटी कलेजको १५ औँ दीक्षान्त समारोह सम्पन्न

आइएसटी कलेजको १५ औँ दीक्षान्त समारोह सम्पन्न

Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, 5 June 2022

Logo