बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् ।  चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए । 

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका-२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो । 

घाइते भएका सोही मोटरसाइकल पछाडी सवार कोहलपुर-२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका-८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको  छ । घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

Logo