‘धाकड’ फ्लप भएपछि आफ्नै बचाउमा कंगना

‘धाकड’ फ्लप भएपछि आफ्नै बचाउमा कंगना


बलिउड अभिनेता कंगना रनावतको फिल्म ‘धाकड’ हालै बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो ।

यद्यपि, उनले हालै इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट लेख्दै आफू अझै पनि ‘बक्सअफिस क्विन’ भएको दाबी गरेकी छन् । उनले सन् २०२२ लाई ‘ब्लकबस्टर वर्ष’ भनी लेखेकी छन् । कंगनाले ‘बक्स अफिस क्विन अफ इण्डिया’को बारेमा पनि उल्लेख गरेकी छन् ।

‘सन् २०१९ मा मैले ‘मणिकर्णिका’ दिएँ, फिल्मले १ सय ६० करोडको व्यापार गर्‍याे । सन् २०२१ मा ‘थलाइवी’ रिलिज भयो । मैले सन् २०२२ मा धेरै नकारात्मक कुरा देखें । तर यो वर्ष ब्लकबस्टरको हो । आफूलाई तयार राख्नुहोला । यो अहिलेसम्म सकिएको छैन । मलाई यसबाट धेरै अपेक्षा छ’, उनले लेखेकी छन् ।

‘धाकड’ले बक्सअफिसमा पहिलो दिन एक करोड रुपैंयाँको पनि व्यापार गर्न पाएको थिएन । यो फिल्मको निर्देशन रजनीश घईले गरेका थिए । यो फिल्ममा दर्शकको संख्या कम भएपछि कैयौं फिल्म हलले पहिलो शोबाट हटाएको खबर पनि बाहिरिएको थियो । फिल्ममा कंगनाका अलावा अर्जुन रामपाल र दिव्या दत्ताको पनि अभिनय छ ।

कंगना चाँडै फिल्म ‘इमरजेन्सी’ र ‘तेजस’मा देखिँदैछिन् । यसबाहेक उनी ‘सीताः द इन्कारनेशन’ मा पनि देखिँदैछिन् । हालैमात्र उनले ‘टिकू वेड्स शेरु’को सुटिङ पुरा गरेकी छन् ।

एजेन्सी

Logo