पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल


सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि पोर्चुगलले नेसन्स लिगमा स्विटजरल्यान्ड विरुद्व शानदार जित निकालेको छ । आइतबार राति पोर्चुगलको राजधानी लिस्बनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४-० गोल अन्तरले हरायो ।  

पोर्चुगलको जितमा पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । यो गोल भने रोनाल्डोले आफ्नी आमालाई समर्पण गरेका छन् । 

यो नतिजासँगै पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान चार अंक भए पनि चेक रिपब्लिक भने अंक तालिकाको आधारमा दोस्रो स्थानमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिना अंक पुछारमा छ । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग १-१ को बराबरी खेलेको थियो । आइतबार रातिकै अर्को खेलमा स्पेन र चेकले २-२ गोलको बराबरी खेलेका छन् ।
 

Logo