भुटानमाथि नेपालको जित

भुटानमाथि नेपालको जित


आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । सानु राजबंशीले अविजित ३० रन बनाएपछि नेपालले भुटानलाई ४ विकेटले हराएको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि सानु राजवंशीले ३०, साना प्रभीनले १२, श्रृष्टि जैसीले आठ, आस्मा पुलामी मगरले तीन, किरणकुमारी कुँवर र अलिषाकुमारी यादवले दुई–दुई रन बनाए । भूटानका लागि सांगे वाग्मोले तीन,अञ्जुली घले र सोनामले एक–एक विकेट लिए । यसअघि भूटानका लागि एङगावाङ छोदेन र सांगे वाग्मोले ११–११ रन बनाए।  भुटानका अन्य खेलाडीले भने दोहोरो अंक समेत जोड्न सकेन्। यो हारसँगैं भुटानको हार सख्या तीन पुगेको छ । तीन वटा खेलमा लगातार हार बेहोरेको भुटानले एक अंक समेत जोड्न सकेको छैन् ।

Logo