#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30982249961373743829622582580
नेपाल627974011712945267

यार्सा बेचेको पैसा र गहना लुटियो

रुकुम,

यार्साबाट केही कमाई होला अनि घर खर्चको जोहो गरौँला भन्ने सोचका साथ ज्यानको बाजी राखेर बुकि पाटन गएकी जुनकुमारी पुनको सपना चकनाचुर भयो । विद्यालयमा पढ्दै गरेकी छोरीलाई सँगै लिएर यार्सा टिप्न गएकी जुनकुमारीले न यार्सा बेचेको पैसा हात पार्नुभयो न त ज्यानको सुरक्षा पाउनुभयो ।

बुकि पाटनबाट यार्सा टिपेर घर फर्कदै गर्दा जुनकुमारीकी आमा छोरीलाई लुटेराको समुहले कुटपीट गरी नगद तथा गरगहना लुटेको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ मैकोटमा दुइ जना लुटिएका हुन् । पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ की जुनकुमारी पुन र उहाँकी १४ बर्षिया छोरी रश्मी पुनलाई कुटपिट गरी गरगहना र यार्सा बेचेर ल्याएको नगद १ लाख १५ हजार लुटेराको समुहले लुटेको स्थानीयले बताएका छन् । पुन आमा छोरीलाई स्थानीयले गम्भीर घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउको र शरिरमा गम्भीर चोट भएका कारण जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाडौं पुर्याइएको छ । रुकुम पुर्वका सांसद कमला रोका र पुर्वमन्त्री गणेशमान पुनको पहलमा घाइतेहरुलाई काठमाडौं पुर्याइएको स्थानीय मरिचमान पुनले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु