पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने निर्णय नेकपा (एस)को हो : झलनाथ खनाल

पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने निर्णय नेकपा (एस)को हो : झलनाथ खनाल


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमती अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए। उनले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे। 

उनले भने, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो। हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ। छ महिनासम्म एउटा टिमलाई दिने। त्यसपछाडी अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमती हो। त्यही अनुसार हामीले गरेको हो।’ उनले थपे, ‘हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ। 

Logo