नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रम गर्दै ह्विलचियर हस्तान्तरण गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कातर्फबाट कार्यवाहकप्रमुखकार्यकारी अधिकृत सुशिलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीचसम्झौतापत्रआदनप्रदानगरि औपचारिक रुपम ह्वीलचियर हस्तान्तरण गरिएको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुखकार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए । उनले  विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे । 

कार्यक्रममा इन्स्योरेन्सका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनीभएको नाताले हाम्रो समाजप्रतिपनि ठूलै दायित्व रहेको बताए । त्यसैले हाललाई १०० वटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदानगरिएको र यस्ता सामाजिककार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशकप्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्विलचियर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफइ न्स्योरेन्स परिवारलाई हार्दिक धन्यवादव्यक्त गरे । यस्ता मनकारी संघ संस्थाहरुको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवाप्रवाहमा सहजता आउने उनको  भनाइ थियो ।

Logo