#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30981818961332743848622582000
नेपाल627974011712945267

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

काठमाडौं,

३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए ।

कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे । बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ ।

यहाँ आइपुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ । मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन् ।

कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरे । तर, सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ । सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो ।
नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु