शिक्षामा भएको वेथिति हटाउन नसके समाज बिकासको परिकल्पना गर्न सकिँदैन : प्रजिअ विजया प्रसाइ

शिक्षामा भएको वेथिति हटाउन नसके समाज बिकासको परिकल्पना गर्न सकिँदैन : प्रजिअ विजया प्रसाइ


जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले जुम्लाका विद्यालय शिक्षामा सुधार आवश्यक रहेको बताएकी छन् । समाजिक विकास कार्यालयले आयोजना गरेको विद्यालय शिक्षा सुधार योजना सम्बन्धीको तीन दिने तालिममा उनले यस्तो बताएकी हुन् । प्रजिअ प्रसाइले भनिन्, जब सम्म शिक्षामा भएको वेथिति हटाउन सकिँदैन, तब सम्म समाज बिकासको परिकल्पना गर्न सकिँदैन । विद्यार्थीलाई पढाइमा मिहेनत गराए पास गराउनु पर्ने उनको भनाइ छ । 

तर जुम्लाका शिक्षकले विद्यार्थीलाई अध्यायन गर्न शिकाउनुको साटो परीक्षामा चिट चोराउने गरेको  भेटिएको उनले बताइन् । जुम्लामा सञ्चालन भएको एसइइ परीक्षा र हाल सञ्चालित कक्षा १२ को परीक्षा अनुगमनको क्रममा यस्तो भेटिएको बताइन् । उनले भनिन, जुम्लाका सबै विद्यालयमा अनुगमनमा गएका थियौँ । तिलागाउँपालिकाको सरस्वती  प्राविधिक बिद्यालय, चन्दननाथ नमुना माध्यमिक बिद्यालय,  तातोपानी गाउँपालिकाको हिमशिखर बिद्यमालय लगायत बिद्यालयमा  बिद्यार्थीलाई  शिक्षकले नै चिट चोराउदै गएको पाएका हौँ । 

शिक्षकले बिद्यालयमा पठनपाठन गराउनु पर्छ भन्दा पनी राजनितिक गतिबिधिमा बढी सक्रिय हुने गरेको बताईन । आफ्ना बालबालिकालाई निजि स्कुलमा पढाउने, सरकारी बिद्यालयमा पठनपाठन गर्दै आएका बिद्यार्थीलाई पढाउने भन्दा पनी चिटचोरेर पास हुन सिकाउने परिपाटी अन्त्य गर्न जुम्लाका सबै बिद्यालयका प्रधाना ध्यापक र स्थानीय तहका शिक्षा शाखाका प्रमुखलाई  अनुरोध गरिन । प्रअिज  प्रसाइले, विद्यालय व्यवस्थापन समिति ९विव्यस० को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताइन । उनले,समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार सुझाब दिइन  । 

 त्यस्तै नगर शिक्षा ,सुधार योजना, गाउँशिक्षा  सुधार  योजना, र बिद्यालय शिक्षा सुधार योजनाका  प्रशिक्षक मेगराज न्यौपानेले, शिक्षा क्षेत्रको यस सुधार योजना निमार्णको लागी  सबैको सहयोगमा आबश्यक रहेको बताए  । उनले यस प्रशिक्षण तालिमले  शिक्षा क्षेत्रको सुधार योजना  निर्माणका लागी  गरिएको हो । 

त्यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाइले अहिले सम्म  बिद्यालयमा ध्यापन राउदै आएका शिक्षकले शिक्षा सुधार योजना बनाएको पाइदैन ।  त्यसैले शिक्षामा गुणस्तर ल्याएन नसकिएको हो । यस कार्यक्रमले शिक्षा क्षेत्रको सुधारको लागी महत्वपुर्ण हुने छ । उनले भने,‘शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधारको योजना विकासका गर्ने बताएको छ । उनले विद्यालय सुधार योजनाको मूल ध्येय शैक्षिक गुणस्तर सुधारका लागि राम्रो उपलब्धी हुने बताए । 

जुम्लका आठ वटा स्थानीय तहका शिक्षाशाखाका प्रमुख र बिद्यालयको प्रधानाध्यापक ,र शिक्षकहरुको सहयताका कुनै एक पालिकामा  विद्यालय सुधार योजना  बनाउने बताए ।उनले भने ,बाकी सबै  सम्बन्धीत स्थानीयतहले बनाउनु पर्ने बताए । उनले थपे,‘ शिक्षा सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर सुधारका लार्गि  सहयोग गर्ने एउटा साधन  बन्ने छ ।  सामाजिक  बिकास कार्यलयले आयोजना गरेको बिद्यलय शिक्षा सुधार  सम्बन्धी  तिन दिने कार्यक्रमको प्रशिक्षण रेशम बहादुर शाही र मेगराज न्यौपानेले गर्ने  भएका छन ।     

Logo