#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व77957537537577407164631
नेपाल5041

बस दुर्घटनामा एक जनाको मृत्यु, २० जना घाइते

मकवानपुरको हेटौडामा भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार