बिथोलिएको सद्भाव जोड्ने सुत्र
  • कर्साङ लामा –

नेपाली समाज अहिले पनि संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । विभिन्न प्रकारका विभेदहरुको बहानामा यहाँ सदभाव विथोलिंदै गएको देख्न टाढा जानु पर्दैन । हाम्रै टोल गाउँ वा क्षेत्रमा यस प्रकारका दुःखद पक्ष देख्न सकिन्छ ।

बहुजातीय, बहुधर्म, विविध भाषाका धनी नेपालीहरु अहिले यिनै विषयलाई मुद्धा वनाएर विभाजनको झण्डा हल्लाउदैछन् । यस्तो ब्यवहारले सदभाव बिथोलिदै गएको आभास हुन्छ । एकले अर्कोलाई भावनात्मक होइन, निषेधात्मक हिसावले हेर्ने चलन सुरु भएको छ । हाम्रो समाजमा देखिन थालेको सबैभन्दा अप्रिय पक्ष सायद यही नै हो ।

मधेसवाट पहाडी समुदाय खेदिनु वा कुनै जाती–धर्म–संस्कृतिको बाहुल्य रहेको स्थानमा त्यस भन्दा भिन्न जात–धर्म वा संस्कृति मान्नेलाई गा¥हो हुने अवस्था हुनु भनेकै सदभाव बिथोलिनु हो ।

खासगरी हिन्दू र बौद्ध धर्मबीच धेरै कुरामा एकरुपता छ । लगभग एउटै दर्शन हो यी दुई धर्मको । फरक यति हो कि हिन्दू धर्मले अस्तित्वलाई मान्छ भने बौद्धले शून्यलाई । त्यसो त भगवान बुद्धलाई बिष्णुको दशौं अवतार मान्छन् हिन्दूहरु । बुद्धकालीन भन्दा अघिका ग्रन्थमा यो कुरा उल्लेख नभएपनि यसले भावनात्मक एकता कायम गरेको छ । यति हु“दा पनि केही शक्तिहरु यति सदभावमा खेल्ने मौका खोजिरहेका छन् ।

केही यस्ता तथ्य छन् जसले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राख्न सहायकको काम गर्दै आएका छन् । यो मानवीय सत्य पनि हो । तर, केही नयाँ नाराहरुका कारण यी सदभाव बदलिने मात्र होइन भड्किने अवस्थामा पुग्दै गएको आभास हुन्छ ।

केही समयअघि एउटा कार्यक्रममा एक जनजाती नेताले आक्रोस पोखे । उनको भाषण सुनिरहेका एक पढेलेखका युवाले मसिनो स्वरमा भने, “डलर बोल्यो ।” यो आरोप थियो होला । तर एकले अर्कोलाई गाली गर्दाको परिणाम राम्रो निस्कदैन । मधेसका धेरै नगर र गाऊ“वाट गैर मधेसी भाग्न बाध्य भए । धेरैले ज्यान पनि गुमाएका छन् । मधेस आन्दोलपछि एउटा जनकपुरबाट मात्र १५ सयभन्दा बढी घरको हाराहारीमा पहाडी समुदायहरु विस्थापित भए । आखिरमा जसप्रति आक्रोस पोखेपनि, जो खेदिए पनि त्यो नेपाली हो र यसले हामीबीचको सदभाव विथोलेको हुन्छ । नेतृत्वले बुझ् पचाएको पक्ष हो यो ।

सुन्दा यी घटना सामान्य लाग्लान् । तर यसले समाजको एकतामा खलल पुर्याएको छ । मिलेर बसेको समाजमा बेमेल उत्पन्न गराएको छ । समस्या जनतामा हो कि शासकमा हो ? हिजोका दिनमा कुनै क्षेत्री वा बाहुनले अरुलाई दबाएर राखेको थियो कि तत्कालिन राज्यसत्ताको नीति नियमले ? यसमा गहन छलफल आवश्यक छ । जातिय, क्षेत्रीय, भाषिक, लैङगिक वा सांस्कृति एकपटक भड्कियो भने फेरि–फेरि त्यसलाई ट्रयाकमा ल्याउन कसैले पनि सक्दैन । भत्काउन जति सजिलो बनाउन कहिं र कहिल्यै भएको छैन ।

आन्दोलन गर्ने अधिकार सबैलाई हुन्छ । तर नेपालीबीच सदिऔंदेखि स्थापित सदभाव विथोलेर जुन र जस्तोसुकै किसिमको ब्यवस्था ल्याए पनि त्यो देशकालागि दुर्भाग्य नै हुन्छ । आम नेपालीले आफ्नो परम्परा छोडे, संयुक्त तीर्थस्थल जान छोडे र पर्वहरुलाई आफ्नो होइन भन्न थाले भने त्यसले ल्याउने परिणाम भयानक हुन सक्छ । आन्दोलकर्मीले यो अन्तिम सत्य बुझ्न जरुरी छ ।

नेपाली सदभाव कायम राख्न मद्धत गरेका ३ विषय

साझा तीर्थस्थल

खोटाङ जिल्लामा रहेको प्रसिद्ध तीर्थ स्थल हो, हलेसीधाम । यो हिन्दूहरुको महान तीर्थस्थल हो । तर, यो बौद्धमार्गीहरुको पनि उत्तिकै महत्वपूर्ण तीर्थस्थल हो । अर्थात यो हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल हो ।

दामनको ऋषिश्वर र फर्पिङ । यी पनि हिन्दू र बौदमार्गीको साझा तीर्थ स्थल हुन् । हिन्दूहरु भगवान शिवको आराधना गर्न त्यहा“ जान्छन् भने बौद्धमार्गीहरु पद्मसंभवको स्वरुप मानेर त्यहा“ दर्शन गर्न जान्छन् । त्यसैगरी नारायणथान पनि साझा तीर्थस्थल हो । बौद्धमार्गीहरुले नाग देवता भनेर पूजा गर्छन् भने हिन्दूहरुले विष्णुको स्वरुप मानेर पूजा गर्छन् ।

गोसाई कुण्ड र मुक्ति क्षेत्र पनि हिन्दू र बौद्ध धर्मवलम्बिहरुको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हुन् । यी स्थान दुवै धर्मका गौरवशाली तीर्थ हुन् ।

साझा पहिरन

एकले अर्कोको भाषा सिक्ने चलन थियो । तराईमा अहिले पनि थारु, राजबशी, मैथिली, हिन्दी आदि भाषामा क्षेत्री ब्राम्हण समेत पोख्त हुन्छन् । काठमाण्डौंमा अघिल्लो पुस्ताका गैर नेवारले समेत नेवारी बोल्छन् ।

मिलेर बस्न एकले अर्को परिवारस“ग विभिन्न प्रकारका साइनो गा“स्ने चलन थियो । जस्तो मितेरी साइनो । त्यसैगरी नेपाली पहिरन पनि प्रिय थियो । दौरा, सुरुवाल, ढाका टोपी, भादगाउ“ले टोपी, गुन्यू चोली, फरिया आदि पहिरन नेपालीका हुन् भन्ने कुरा राम्रैस“ग स्थापित थिए । एकताको सुत्रमा बा“ध्न यो पनि साहायक थियो ।

साझा पर्व

साझा पर्वहरु छन् धेरै । पछिल्लो पटक साझा पर्वकोलागि विकास भएको पर्व हो, छठ । यस पर्वलाई सम्पूर्ण नेपालीले मनाउन थालेका छन् । त्यसैगरी हिन्दू महिलाहरुले मनाउदै आएको तीज । यो पर्व पनि अव सबैको भएको छ ।

मिश्रित जाती, धर्मवलम्बि र संस्कृति मान्नेहरु बसोवास गर्ने नेपाली समाजमा सवैको संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने भावनाको बिकास भएको थियो । जस्तो, गुरुङ गाऊ“मा बसोवास गर्ने ब्राम्हण पनि रोदी जान्थ्यो । राईहरुको बाहुल्य रहेको ठाउँमा सबैले खुसीले चण्डी मान्थे ।