कोभिडविरुद्धको लडाईंमा नेपालको प्रगति उल्लेख्य : केपी शर्मा ओली

कोभिडविरुद्धको लडाईंमा नेपालको प्रगति उल्लेख्य : केपी शर्मा ओली


नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दावी गरेका छन् । 

अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा बढि छिटो सफलता हात परेको बताए । पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए ।

अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंसा गरे । विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गरे ।

उनले भने,  ‘चिकित्सकहरुले आफनै जीवनको सुरक्षाको समेत प्रवाह नगरी उपचार उपलब्ध गराउनु भएको थियो । हामीले जति यसलाई गम्भिरताका साथ लियौं । र, छोटो समयमै तीव्र गतिमा प्रगति ग¥र्यौं स्वास्थ्य क्षेत्रमा । राजनीतिक स्वार्थभन्दा माथि उठियो । अर्थतन्त्र पहिलो भन्ने देशहरु पनि थिए । तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाईमा सफलता पायौं ।’

अमेरिकामा कोभिड संक्रमणपछि निधन भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको उल्लेख गरे । 

Logo