मन्त्रीहरू फेर्ने निर्णय कार्यान्वयन हुन्छ : माधवकुमार नेपाल

मन्त्रीहरू फेर्ने निर्णय कार्यान्वयन हुन्छ : माधवकुमार नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू फेरिने दाबी गरेका छन्।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन सप्तरी आएका नेपालले मन्त्री फेरिने निर्णय कार्यान्वयन हुने बताएका हुन्।

आइतबार अध्यक्ष नेपालले सरकारमा रहेका मन्त्रीलाई फिर्ता गरेर नयाँ व्यक्तिको नाम प्रधानमन्त्रीलाई बुझाएका थिए। सोमबार नयाँ मन्त्रीको शपथ हुने भनिए पनि रोकिएको छ।

मन्त्रीहरूले नै पार्टी निर्णय उल्ट्याएको दाबी चलिरहेका बेला नेपालले फेरबदल हुने दोहोर्‍याएका हुन्। राजविराज विमानस्थलमा पत्रकारहरूसँग उनले भने, ‘मन्त्रीहरू छिट्टै फेरिनुहुन्छ।’

नेपालले संघीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। ‘उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ, उनले भने। उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो।

Logo