एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने विश्वास

एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने विश्वास


एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरिद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।

हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरि ३ देखि १० गुणा बढी उत्पादन गर्न सक्दछ। उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ।

एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ। 

यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुर्याउँदै आएको छ।

बैंकले दीगो बैंकिङ्गमा अग्रणी बैंकको रूपमा आफूलाई थप सुदृढ गर्दै आइएफसि कार्यसम्पादन मापदण्डहरू समावेश गरि हरित लगानी कार्यविधि र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।
   
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ। 

Logo