मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक अवरुद्ध

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक अवरुद्ध


दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।    
    
 सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराेले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।    
 

Logo