नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुग्यो आज १,२२८ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुग्यो आज १,२२८ जना थपिए


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुगेको छ । आज १,२२८ जना थपिएका छन् । बुधबार ११२० थपिएका थिए । मंगलबार १०६९ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५७ , भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना थपिएका हुन् । बुधबार ३८८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए । आजको पिसिआर १३,४१३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५६२२ , भक्तपुरमा ५९८ र ललितपुरमा ८१८ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७०३८ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । आज ९१७ जना निको भएका छन् । बुधबार १,११२ जना निको भएका थिए । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । सोमबार ७ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार १२ जनाको मृत्यु भएको थियो ।

Logo