कर्णालीमा खसेको जीप खोज्न हेलिकप्टर र गोताखोर परिचालन

हुम्लाको कर्णाली नदीमा खसेको जीप अझै भेटिएको छैन  ।

हुम्लाकाे खार्पुनाथ गाउँपालिकास्थित यांचुमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । उक्त जिप हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको थियो । जिप करिब साढे १२ बजे दुर्घटना भएको हो।

जिपमा १० जना सवार भएको बताइए पनि पुष्टि हुन् बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहायक प्रहरी निरीक्षक मुरारी खरेलले जानकारी दिए ।  उनले घटनास्थलमा प्रहरी पुगिसकेको र जिपको खोजी भैरहेको जानकारी दिए । जिप र यात्रुको खोजीका लागि १६ जना गोताखोर र चार वटा हेलिकप्टरमा सेना परिचालन गरिएको खरेलले जानकारी दिए ।