प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिकाका प्रमुख शाहसँग छलफल गरेका हुन्। 

दुई जनाबीचको भेट काठमाडौंको फोहाेर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो। 

प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहाेर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। 

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागीय मन्त्रीलाई निर्देशन दिने बताए ।

Logo