संसद् बैठक बस्दै, गृहसहित ३ मन्त्रालयका बजेटमाथि छलफल हुने

संसद् बैठक बस्दै, गृहसहित ३ मन्त्रालयका बजेटमाथि छलफल हुने


प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। 

प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ। 

बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। 

Logo