आँबुखैरेनीमा सडक भासिएको ठाँउमा कारसंगै २ जनाको शब भेटियो

आँबुखैरेनीमा सडक भासिएको ठाँउमा कारसंगै २ जनाको शब भेटियो


पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट दुई वटा शव र कार भेटिएको छ । 

मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याममा शुक्रबार बिहान भासिएको सडक ।सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

Logo