नील डेविड्स सलूनको खुल्यो नयाँ शाखा

नील डेविड्स सलूनको खुल्यो नयाँ शाखा


नील डेविड्स सलूनको नयाँ शाखा खुलेको छ । सलून क्षेत्रमा छुट्टै ब्राण्डिङ गर्न सफल नील डेविड्सले १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको हात्तीगौंडामा नयाँ शाखा खोलेको हो । 

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा उक्त सलूनको उद्घाटन गरे ।  

नेपाली कांग्रेसका नेता कुन्दन राज काफ्लेकी धर्मपत्नी मेनुका काफ्लेले नील डेविड्स सलूनको नयाँ शाखा हात्तीगौंडामा सञ्चालनमा ल्याएकी हुन् । 

सलून उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नील डेविडको प्रशंसा गरे । यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गरे । 

हात्तीगौंडामा सञ्चालनमा आएको नयाँ सलूनको सफलताको कामना गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने धारणा व्यक्त गरे ।  

अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहिसकेकी मेनुकाले सञ्चालनमा ल्याएको नील डेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गरे ।  

हेयर स्टाइलिष्ट नील डेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट सुरु गरेका थिए । डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिव एक सय वटा शाखा विस्तार गरिसकेका छन् । 

हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी दिइन् ।  

नील डेविड्स सलूनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने बताएका छन् । समारोहमा उपस्थित भएका भारतको कालिङपोङका शिरोमणी शर्माले नीलडेविड कटवालसँग  सम्झौता गरेका थिए । 

तस्बिर : सुनिल राजभण्डारी 

Logo