अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको उपस्थिति कमजोर भयो : सांसद भट्ट

अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको उपस्थिति कमजोर भयो : सांसद भट्ट


नेकपा(एमाले)का सांसद डा. दिपकप्रकाश भट्टले अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको उपस्थिति कमजोर भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टले दुईपक्षीय, क्षेत्रीय, उपक्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको उपस्थिति निकै कमजोर भइरहेको उल्लेख गरे। प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्सँग समन्वय गर्नुपर्ने भएपनि राष्ट्रिय सुरक्षा परिषद्लाई डम्पिङ साइटजस्तो बनाइएको उनले बताए। परिषद्बारे आगामी आर्थिक वर्षको बजेटमा कहीँ कतै नछोएको सांसद भट्टको भनाई थियो। 

सातै प्रदेशका राज्यमन्त्रीहरूले कुटनीतिज्ञहरूलाई भेटिरहेको उल्लेख गर्दै त्यसको सहजीकरणको काम कसले र कुन संरचनाले गरिरहेको भनेर प्रश्न गरे। स्थानीय तहको जनप्रतिनिधिहरू पनि अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रममा कुनै निकायसँग सहजीकरण नगरी गइरहेको उनले बताए। 

Logo