अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै


नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ । सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन् ।

अस्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । कथामा चे शंकरको पटकथा छ । फिल्ममा अस्ट्रेलियन छायाकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ । 

Logo