मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउन गृहको अनुरोध

मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउन गृहको अनुरोध


गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले त्यस्ता गतिविधिहरू भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । 
 

Logo