प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा. लि. बिच सम्झौता

प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा. लि. बिच सम्झौता


प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गो प्रा.लि बिच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र होटल ड फ्लेमिङ्गो प्रा.लि.का तर्फबाट निर्देशक दिलीप गौचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल ड फ्लेमिङ्गो प्रा.लि.द्वारा सञ्चालित होटलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
    
सम्झौता अन्तर्गत होटल ड फ्लेमिङ्गो प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरि भुक्तानी गर्दा, होटल ड फ्लेमिङ्गो प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Logo