मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी


मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर हुने भएको छ । 

दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेन्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझदारी भएको छ ।

यस्तै डेपु्टी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् । असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।

सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

Logo