सांसद महेश बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान

सांसद महेश बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान


काठमाडौं ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

उनले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरे ।

सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याए ।

Logo