चट्याङ लागेर लमजुङमा चार पशु चौपायाको मृत्यु

चट्याङ लागेर लमजुङमा चार पशु चौपायाको मृत्यु


मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपायाको मृत्यु भएको छ ।

मर्स्याङ्दी–५ का आसबहादुर गुरुङको गोठमा बाँधेका तीन भैँसी र एक राँगो शुक्रबार राति ९ बजेतिर परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका राँगा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

Logo