एकैदिन तोलाको १५ सय रुपैयाँले बढ्यो सुन

एकैदिन तोलाको १५ सय रुपैयाँले बढ्यो सुन


आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ। 

शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

Logo