पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी


रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ ।

रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ । रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘ लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ ।’  

गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरुले उपलब्ध गराएको उनले बताए । यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो ।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन् । पछिल्ले समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ । 

एजेन्सी

Logo