प्रतिपक्षीले जलायो सुदूरपश्चिमको बजेट पुस्तिका

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सुदूरपश्चिम सरकारको बजेट पुस्तिका जलाएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठक बहिस्कार गरेर बाहिर निस्केका प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले प्रदेशसभा भवन अगाडि बजेट पुस्तिका जलाएका हुन् । सासंदलाई समेत अपमान हुने किसिमले बजेट ल्याएको भन्दै उनीहरुले पुस्तिका जनाएका हुन्।

कांग्रेस र राजपाका प्रदेश सदस्यले बजेट शंसोधन नगरुन्जेल आफूहरूलाई मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रण बहादुर रावलले रातोकिताबमा शिर्षक विनै बजेट राखिएको भन्दै किताव जलाउन बाध्य भएको बताए ।