#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
रसुवा,जिल्लाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ ।गएराति आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र थुनिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ ।राति नै उद्धारको प्रयास भएपनि सम्भव नभएपछि आज बिहान मात्रै उद्धार गरिएको थियो । गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार थुनिएका हुन् । सुरुङभित्र ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए ।

सुरुङमा थुनिएका १७ कामदारको सकुशल उद्धार

रसुवा,

जिल्लाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ ।

गएराति आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र थुनिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ ।

राति नै उद्धारको प्रयास भएपनि सम्भव नभएपछि आज बिहान मात्रै उद्धार गरिएको थियो । गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार थुनिएका हुन् । सुरुङभित्र ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए ।

सम्बन्धित समाचारहरु