लिपुलेक नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको छ : भूमिमन्त्री श्रेष्ठ

लिपुलेक नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको छ : भूमिमन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको बताएकी छन् । मन्त्रालयका लागि विनियोजन बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नगर्न सांसदहरुलाई मन्त्री श्रेष्ठले आग्रह गरिन ।  ती स्थानहरु नेपालको भोगचलनमा ल्याउन नेपाल सरकारको सक्षम निकायले बार्ता र कुटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेको उनले बताईन ।

Logo