#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
धादिङमा भएको बोलेरो जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीय समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए ।घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा १० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु (अपडेट)

धादिङमा भएको बोलेरो जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीय समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा १० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु