गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘ऐयो रैयो सैयो’ सार्वजनिक (भिडियाेसहित)

गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘ऐयो रैयो सैयो’ सार्वजनिक (भिडियाेसहित)


गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ऐयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ।

गीतमा गायक धर्मेन्द्र स्वयंले स्वर दिएका छन्। उक्त सार्वजनिक रमाइलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटाले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पवन बस्नेत काजी लगायतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाइलो खालको बनाइएको छ। सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन्।

गत विहीबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ। भिडियोलाई श्रोता, दर्शकले प्रतिक्रिया राम्रो दिएका छन्। भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्। भिडियाे यस्ताे छः

 

Logo