समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयर बुधबारदेखि लिलामीमा

समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयर बुधबारदेखि लिलामीमा


समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो। 

यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र काठमाडाैंको नक्सालस्थित बिओके क्यापिटल मार्केट, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाडाैं, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाडाैंका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन। 

बोलपत्र ९ असारमा बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ।

Logo