स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मीनाले दिइन् किटानी जाहेरी

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मीनाले दिइन् किटानी जाहेरी


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन्। मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन्। जाहेरीमा उनले आफूलाई मिनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन्।

प्रहरीमा दिएको जाहेरीमा मीनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएकोे बताएकी छन्। त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान् घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान् होइन मेरो श्रीमान् हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाइ छ । त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मीनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मीनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन्।

उता, दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन्। “राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौं,” एसपी काफ्लेले भने, “ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

Logo