#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1228042055456545793367146519
नेपाल165313586057891

सर्लाही घटनाको मानवअधिकार आयोगले अनुसन्धान गर्ने

फाइल फोटो

काठमाडौं,

राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नं २ कार्यालयबाट टोली खटाइएको जानकारी दिनुभयो । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार