एनएमबि बैंकद्वारा सर्लाहीका किसानहरुलाई वित्तीय साक्षरतातालिम

एनएमबि बैंकद्वारा सर्लाहीका किसानहरुलाई वित्तीय साक्षरतातालिम


एनएमबि बैंकद्वारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहकाकरिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त बिभाग तथा शाखाकार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्नप्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्तगर्न सकिने अन्यबिभिन्न सेवाहरुको बिषयमा बित्तीय शिक्षा प्रदानगर्नुको साथै किसानहरुसंग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममाएनएमबि बैंककातर्फबाट लघुवित्त विभागकाप्रवन्धकश्री शरद पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीकाशाखाप्रमुखश्री अरुण कुमार आचार्यले गर्नु भएको थियो । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागिअत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रकाकरिव १,५०० किसानहरु प्रत्यक्ष रुपमाव्यवसायीक तरकारी खेतीमालागेका छन । 

यस क्षेत्रमाउत्पादित तरकारीहरु नेपालका काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायत विभिन्न शहरहरुमा पठाईने गरिन्छ । यस कार्यक्रमले यहाँका किसानहरु माबित्तीय ज्ञान प्राप्तभई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । 
एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो ।

 एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ । 
 

Logo