स्किब्स बास्केटबलमा ५२ टिमको सहभागिता रहने

स्किब्स बास्केटबलमा ५२ टिमको सहभागिता रहने


स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर/जुनियर ब्वाइज, गर्ल्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा  गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र  गर्ल्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन्।

स्टाफको विधा पहिलो पटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका  छन्। यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन ।

पत्रकार सम्मेलनमा स्किब्सका इसीए को–ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को–ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए। तीनदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आफ्नै कोर्टमा हुनेछन्।

Logo