कतार विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्यो, कुन राष्ट्र कुन समूहमा !

कतार विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्यो, कुन राष्ट्र कुन समूहमा !


कतार विश्वकप यो अर्थमा पनि विशेष छ किन कि सन् २०२२ को विश्वकप जाडो मौसममा हुँदैछ । आगामी नोभेम्बर २१ मा फुटबलको महाकुम्भको सुरुवात हुनेछ ।

उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच खेल हुने भएपनि सो अघि नै महाकुम्भमा सेनेगल र नेदरल्यान्ड्सबीच भिडन्त हुनेछ । २२औं संस्करणको फिफा विश्वकप कतारको ५ सहरका ८ मैदानमा खेलाइनेछ । 

विश्वकप फुटबलमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लागेसँगै फुटबलको माहोल सुरु भएको छ । आयोजक कतारबाहेक विश्वबाटै छनोट चरण पार गर्दै ३१ राष्ट्रले स्थान बनाएका छन् ।

फुटबलका केही महारथी यो वर्ष पनि महाकुम्भमा सहभागी हुन पाएनन् । इटाली, इजिप्ट, नाइजेरिया, आइभरी कोस्ट, स्वीडेन, कोलम्बिया, चिली, पेरु, न्युजिल्यान्ड, स्कटल्याण्ड, युक्रेनले छनोट चरण पार गर्न सकेनन् भने रुसलाई युक्रेनमाथिको आक्रमणका कारण छनोट चरण खेल्नै प्रतिबन्ध लगाइयो । 

पहिलो पटक विश्वकपमा एसियाबाट ६ वटा राष्ट्रले सहभागीता जनाउँदैछन् । युरोपबाट सबैभन्दा बढी १३, उत्तर अमेरिकाबाट ४, अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्रले कतार विश्वकपको टिकट काटेका छन् । जसमध्ये अन्तरमहादेशीय प्लेअफबाट न्युजिल्याण्डलाई हराएर कोस्टारिका र पेरुलाई हराएर अष्ट्रेलिया विश्वकपमा पुगेका हुन् । अष्ट्रेलियाले लगातार पाँचौ पटक विश्वकपमा स्थान बनाएको हो । 

विश्वकपको फाइनल खेल क्रिसमसको एक साताअघि अर्थात डिसेम्बर १८ मा दोहाको लुसेल रंगशालामा ८० हजार दर्शकको उपस्थितिमा खेलाइनेछ । 

कुन महादेशबाट कुन कुन टोलीहरु छानिए : 

१. युरोप: साविक विजेता फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन,  सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स  

२. दक्षिण अमेरिका: ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

३. उत्तर अमेरिका: क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका

४. एसिया:  कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

५. दक्षिण अफ्रिकाबाट: घाना, सेनेगल, ट्युनिसया, मोरक्को र क्यामरुन

कुन समूहमा कुन राष्ट्र:  
समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टारिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

Logo