कतारले सार्वजनिक गर्यो बिश्वकपको पोष्टर

कतारले सार्वजनिक गर्यो बिश्वकपको पोष्टर


संस्कृतिको उत्सव मनाउने गरी कतार विश्वकप २०२२ का लागि आधिकारिक पोस्टर सार्वजनिक गरेका छन ।
आधिकारिक टूर्नामेंट लोगो र परम्परागत टेलस्टार शैलीको बलमा कतार झण्डाको गाढा बरगन्डी रंगको हाइलाइटहरू सहित कालो र सेतोमा सो पोस्टर बनाइएको छ । 
फिफा मार्केटिङ निर्देशक जिन फ्रयान्कोयसले थपे,“कतार २०२२ को आधिकारिक पोस्टर कतारको कलात्मक र फुटबल सम्पदाको वातावरणीय प्रतिबिम्ब हो । कतार फुटबल प्रतिको लगावलाई चित्रण गर्ने र त्यस्ता प्रतिभाशाली कलाकारलाई विश्वव्यापी रूपमा प्रकाश पार्ने पोस्टरहरूको यो सुन्दर श्रृंखलामा हामी गर्व गर्छौ ।”कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अलबायत स्टेडियममा हुनेछ ।

Skip This
Logo