जस्टिनले मागे सबै फ्यानसँग माफ

जस्टिनले मागे सबै फ्यानसँग माफ


हलिउडका चर्चित गायक जस्टिन बिबरले हालै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए । यो रोगका कारण उनको आधा अनुहारमा पक्षघात भएको थियो । उनले पुनः एउटा भिडियो सार्वजनिक गरी आफ्नो स्थीतिका कारण पर्न गएको असुबिधाप्रति फ्यानहरुसँग माफी मागेका छन् । उनी भन्छन् ‘मेरो आगामी शो रद्द भएकोमा केही फ्यान निकै रिसाए । म यस समयमा स्टेजमा शारीरिक रूपमा प्रस्तुत गर्न सक्दिन । चीजहरू धेरै गम्भीर छन्, तपाईले देख्न सक्नुहुन्छ । जस्टिनले आफ्ना प्रशंसकहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिए । साथै उनले आफु निको भएर छिट्टै फर्कने वाचा समेत गरेका छन् । भिडियोमा उनले थप भनेका छन्, ‘यतिबेला मलाई आरामको खाँचो छ, ताकि मेरो अनुहार पहिले जस्तै निकोहोस । जस्टिनले आफू निको हुन अनुहारको व्यायाम गरिरहेको बताए ।  

Logo